साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ८४ अङ्कले बढेर २१०६ दशमलव १८ को विन्दुमा कायम भएको छ। आज कूल २६२ कम्पनीहरूका ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर रु. १ अर्ब ८५ करोड ८० लाख ०२ हजार १७५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८ करोड ०८ लाख ८६ हजार ६०५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. ५ करोड ४७ लाख ६० हजार ३५३ बराबरको शेयर कारोबार भएको छ।
यता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ४ करोड ९१ लाख ९० हजार २४१ कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ४ करोड ६१ लाख ३३ हजार ११८ र एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ४ करोड ०३ लाख ०३ हजार १७६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
