
कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आज देखि प्राथमिक शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले अब सर्वसाधारणमा शेयर बिक्री सुरु गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २८ लाख ७० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्कासनमा ल्याएको जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आइपिओ छिटोमा जेठ १३ गते बन्द हुनेछ भने आवश्यक परे जेठ २२ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ। यसअघि कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्टाइएको शेयर वितरण गरिसकेको छ।
उक्त आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कालंगा हाइड्रोको आइपिओ आजदेखि खुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
