साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ८ दशमलव १० अङ्कले बढेर १८९१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज कूल २७२ कम्पनीहरूका ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर रु. १ अर्ब २७ करोड ८७ लाख ०४ हजार ७२६ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ७ करोड ३४ लाख ९८ हजार ४९४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको शेयर रु. ६ करोड १७ लाख ६८ हजार ९२३ बराबरको शेयर कारोबार भएको छ।
यता, ओरियन्टल होटल्स लिमिटेडको रु. ५ करोड ३९ लाख ९७ हजार ०३८ कारोबार हुँदा एनआईसी एशिया बैङ्क लिमिटेडको रु. ४ करोड ८३ लाख ३९ हजार ८१९ र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको रु. ४ करोड ३३ लाख ९२ हजार ५१२ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
