नेपाल एसबिआई बैङ्क लिमिटेडले १० वर्ष अवधिको (९ % नेपाल एसबिआई बैङ्क ऋणपत्र २०८९) वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र श्रावण १८ गतेदेखि जारी गर्दै छ । बैङ्कको अनुसार योग्य आवेदकले दिनुपर्ने न्यूनतम २५ कित्ता र अधिकतम ८ लाख कित्तासम्म दिन पाउने बैङ्कले जनाएको छ।
कम्पनीको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु. १००० अङ्कित मूल्यको २० लाख कित्ताले हुन आउने रु. २ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋण पुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने तथा ४० प्रतिशत अर्थात् ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. ८० करोड ऋण पुँजी रकम (सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएकाे समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट बिक्री गर्ने सो कम्पनीले जनाएको छ ।
सो कम्पनीको ऋणपत्र शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण २२ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा आवेदकले ढिलोमा साउन ३२ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।
कम्पनीको ऋणपत्र शेयर खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो शेयर" अनलाइन प्रयोग गरी सी- आश्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
श्रावण १८ देखि नेपाल एसबिआई बैङ्कले ९% ब्याजदरमा ऋणपत्र जारी गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
