लुम्बिनी विकास बैङ्कको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


लुम्बिनी विकास बैङ्कले संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

हाल उक्त शेयर खरिदका लागि बैङ्कका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौँको डिल्लीबजारस्थित बैङ्कको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति तथा संस्थाका लागि समेत शेयर बिक्री खुला गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x