
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गत ८ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन धनुषाको ढल्केवर–६ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
निवेदनमा खरिद गर्न चाहेको शेयर सङ्ख्या र प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ। उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ।
नेपाल राष्ट्र बैङ्कको एकीकृत निर्देशन, २०८२ अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार कम्पनीले आवेदन आह्वान गरेको हो।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणका लागि शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
मिथिला लघुवित्तको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
