बन्दिपुर केबलकारले नयाँ TikTok प्रतियोगिता घोषणा गरेको छ, जहाँ सहभागीहरूले नगद पुरस्कार जित्ने मौका पाउने छन्। प्रतियोगितामा भाग लिन इच्छुकहरूले बन्दिपुर केबलकारको प्रमोशन गीतमा वा केबलकार स्टेसन परिसरमा कुनै गीतमा भिडियो बनाउनुपर्नेछ। भिडियो @bandipurhill लाई मेन्सन गरेर पोस्ट गर्नुपर्नेछ ।
पुरस्कार विवरण:
Highest Views: रु. १०,०००/-
Highest Share: रु. १०,०००/-
Best Video: रु. १०,०००/-
नतिजा कार्तिक १५ गते घोषणा गरिनेछ, जसमा Views र Shares को आधारमा विजेता घोषणा गरिनेछ।
प्रमोशन गीतको बोल: संगीतमा झुम्न, चाडपर्व नी मान्न
केबलकारमा सरर जाने हो बन्दिपुर घुम्न
खुल्ला आकाशमै खादै, जिपलाइन नी चढ्ने हो
खड्कदेवीको दर्शन गरी आशिर्वाद लिने हो ।
यस प्रतियोगितामा सहभागी भई रमाइलोका साथ बन्दिपुरको प्राकृतिक सौन्दर्यको अनुभव लिनुहोस् र नगद पुरस्कार जित्ने मौका पाउनुहोस्!
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                     
                                                                                                                     
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            