एन आई सी एशिया बैङ्कले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकहरूका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. ५० लाख हस्तान्तरण गरेको सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरेको सोही बैङ्कले जानकारी दिएको छ । दुर्घटना बिमा बापतको बिमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङ्जास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी रहेको सो बैङ्कले बताएको छ । निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको पनि सो बैङ्कले जानकारी दिएको छ ।
साे बैङ्कको बिमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई रु. ९ करोड ४० लाखभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको सो बैङ्कले जानकारी दिएको छ । जसमध्ये घातक रोग बिमा बापत २८ जनाले रु. ३ करोड, दुर्घटना बिमा बापत १७ जनाले रु. १ करोड ७० लाख र मेडिकल बिमा बापत ३ हजार ७१ जनाले रु. ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेको सो बैङ्कले जानकारी दिएको छ। साे बैङ्कले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रु. ८४ लाखसम्मको बिमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको पनि सो बैङ्कले जानकारी दिएको छ । जसअन्तर्गत सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रु. ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश रहेको सोही बैङ्कले जानकारी दिएको छ । उक्त रु. ८४ लाख बराबरको आकर्षक बिमा फाइदाअन्तर्गत रु. ४० लाखको दुर्घटना बिमा, रु. ४० लाखको घातक रोग बिमा र रु. ४ लाखसम्मको औषधि उपचार बिमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपिडी उपचारको लागि रु. ८० हजारसम्म बिमा लाभ प्राप्त गर्न सक्ने सो बैङ्कले जानकारी दिएको छ।
एन आई सी एशिया बैङ्कद्वारा पाँच ग्राहकहरूलाई दुर्घटना बिमा बापत रु. ५० लाख हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
