सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैङ्कको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेका छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरेको थियो । सञ्चालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवाहरू लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी हुँदै बैङ्कले सो शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
शुक्रवार उक्त कार्यक्रमको उद्घाटन बैङ्कको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेस प्रदेश प्रमुख शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरकामुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैङ्कका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितिमा भएको थियो । दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवर्द्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैङ्कले जनाएको छ ।
सन्राइज बैङ्कद्वारा निःशुल्क आँखा शिविर सञ्चालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
