सिद्धार्थ बैङ्कका झन्डै १० लाख संस्थापक शेयर बिक्रीमा


सिद्धार्थ बैङ्क लिमिटेडले आफ्ना संस्थापक समूहअन्तर्गत पर्ने ठुलो परिमाणको शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बैङ्कले दुई संस्थापक शेयरधनीको स्वामित्वमा रहेका कुल ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका लागि खुला गरेको हो।

उपलब्ध विवरणअनुसार, जगदीश कुमार अग्रवालको नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र सुबोध कुमार केडियाको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। नेपाल राष्ट्र बैङ्कको प्रचलित निर्देशनअनुसार यस्ता शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइने भएकाले प्रारम्भिक चरणमा उनीहरूलाई नै आवेदन दिन आह्वान गरिएको बैङ्कले जनाएको छ।

इच्छुक संस्थापक लगानीकर्ताले आगामी ३५ दिनभित्र काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेख गरी निवेदन पेस गर्नुपर्नेछ।

निर्धारित अवधिमा संस्थापक समूहबाट पर्याप्त माग नआएमा बाँकी शेयर प्रचलित कानुनी प्रावधानअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैङ्कले स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x