संस्थापक शेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स लिमिटेड



मल्टीपर्पस फाइनान्स लिमिटेडका संस्थापक शेयरधनीले ४० हजार ११३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा १८ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १८ असारबाट सो संस्थाको कम्पनी सचिवको कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने सो कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x