ज्ञानमाण्डू। आज नेप्से १.७४ अङ्कले घटेर १२६३.८४ अङ्कमा पुगेकाे छ ।
आज फाइनान्स उपसमूह र ट्रेडिङ्ग उपसमूहमा कुनै परिवर्तन भएन। ननलाइफ इन्स्योरेन्स उपसमूह ३.५५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १५.६३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २०.८७ अङ्कले बढेका छन् भने उत्पादन उपसमूह २.४७ अङ्कले, बैकिंग उपसमूह ३.६८ अङ्कले, विकास बैंक उपसमूह १.०७ अङ्कले, हाइड्रोपावर उपसमूह ०.८३ अङ्कले, होटेल उपसमूह १२.३९ अङ्कले र अन्य उपसमूह २.९ अङ्कले घटेका छन् ।
