नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २१ गते आइतबारका दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कुल ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २.७५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x