एपोलो हाइड्रोपावरको आइपिओ शुक्रवार बाँडफाँड, ४१.९५ गुणा बढी आवेदन

एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आगामी शुक्रवार, वैशाख ११ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बाँडफाँडको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

आइपिओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड का अनुसार अन्तिम दिनसम्म कुल ४१.९५ गुणा बढी आवेदन परेको छ, जसअन्तर्गत २८ लाख ७५ हजार ३७२ जना आवेदक सहभागी भएका छन्।

कुल ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको आवेदन परेको छ, जसको रकम करिब ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो। माग अत्यधिक भएकाले बाँडफाँड गोला प्रथामार्फत हुनेछ।

१० कित्ताका दरले बाँडफाँड गर्दा करिब ७८ हजार जना आवेदकले मात्र शेयर पाउनेछन् भने बाँकी २८ लाखभन्दा बढी आवेदक शेयर पाउनबाट वञ्चित हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x