साताको पाचाैँ कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ३४ अङ्कले घटेर १८३८ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज कूल २५९ कम्पनीहरूका २१ लाख ०५ हजार ६५७ कित्ता शेयर रु. ५७ करोड ८८ लाख ४१ हजार ५९३ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड १५ लाख ०६ हजार ३६३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, ग्लोबल आइएमई बैङ्क लिमिटेड प्रवर्द्धक शेयरको शेयर रु २ करोड ७० लाख ८४ हजार ८०४ बराबरको शेयर कारोबार भएको छ ।
यता, शिवम् सिमेन्ट लिमिटेडको रु १ करोड ८० लाख ३७ हजार ७५२ कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड ७७ लाख ६३ हजार ४१० शेयर र हिमालयन डिस्टिलरी लिमिटेडको १ करोड ६८ लाख ७८ हजार ७०५ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
