यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर २७२६ दशमलव ५१ को विन्दुमा कायम भएको छ। आज कूल ३३३ कम्पनीहरूका ३ करोड २ लाख ६२  हजार ७१० कित्ता शेयर रु. १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५७ करोड ८५ लाख १६ हजार ०७७  बराबरको शेयर कारोबार भयो । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ५७ करोड ६८ लाख ३८ हजार ७९१ बराबरको शेयर कारोबार भएको छ।

यता, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ५१ करोड ४३ लाख ६७ हजार ८४४, ङादी ग्रुप पावर लिमिटेडको रु. ३९ करोड ३ लाख २७ हजार २५१ र बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको रु. ३७ करोड ३१ लाख ३७ हजार २५३ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x