साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर १८७० दशमलव ६५ को विन्दुमा कायम भएको छ। आज कूल २७१ कम्पनीहरूका ३२ लाख ६ हजार ४५० कित्ता शेयर रु. ९५ करोड ४३ लाख २२ हजार ३७७ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ४ करोड २५ लाख १० हजार ८२५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्क लिमिटेडको रु ३ करोड ५७ लाख ९ हजार ३८१ बराबरको शेयर कारोबार भएको छ।
यता,तारा गाउँ रिजेन्सी होटल को ३ करोड ३१ लाख ९ हजार १२८ कारोबार हुँदा नबिल बैङ्क लिमिटेडको रु ३ करोड २३ लाख ५३ हजार ७७७ शेयर र ओरियन्टल होटलको लिमिटेडको २ करोड ८४ लाख ७९ हजार १६५ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
