साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४७ दशमलव ०७ अङ्कले बढेर २१४४ दशमलव १६ को विन्दुमा कायम भएको छ। आज कूल २५७ कम्पनीहरूका ७६ लाख ३४ हजार १९० कित्ता शेयर रु. २ अर्ब ५६ करोड ०१ लाख ९१ हजार २८८ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १४ करोड ८६ लाख १९ हजार ४५५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १० करोड ८४ लाख ६४ हजार ८९९ बराबरको शेयर कारोबार भएको छ।
यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडको रु. ७ करोड ७५ लाख १३ हजार ६७२ कारोबार हुँदा सोल्टी हाेटल लिमिटेडको रु. ७ करोड ७३ लाख ३२ हजार २४८ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको रु. ५ करोड ११ लाख ७६ हजार १६३ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
