२२ हजार ८३१ कित्ता संस्थापक शेयर बिक्री गर्दै नयाँ सारथी लघुवित्त



नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले २२ हजार ८३१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा १५ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १५ वैशाखबाट नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय धुलिखेल, काभ्रेपलान्चोकमा सम्पर्क राखी शेयर खरिद गर्न निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x