धितोपत्र बजारमा ४.६२ अङ्कको वृद्धि, नेप्से २१००.७० को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६२ अङ्कले बढेर २१०० दशमलव ७० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ८९ अङ्कले बढेर ४०२ दशमलव १५ को विन्दुमा पुगेको छ ।

 



आज कूल २५९ कम्पनीहरूका ३९ लाख २२ हजार २१६ कित्ता शेयर रु. १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ मा खरिद बिक्री भए ।
 


कारोबार भएका कूल १३ उपसमूह मध्य विकास बैङ्क उपसमूह २ दशमलव ८४ अङ्कले, जीवन बिमा उपसमूह ८२ दशमलव ९८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, निर्जीवन बिमा १.९३ अङ्कले र ट्रेडिङ उपसमूह १.२९ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ५ दशमलव ५५ अङ्कले बढ्दा वित्त उपसमूह ८ दशमलव ६१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८.८५ अङ्कले, जलविद्युत उपसमूह ३.५७ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १९ अङ्कले, उत्पादन उपसमूह ७०.४४ अङ्कले, लघुवित्त उपसमूह ७.२४ अङ्कले र अन्य उपसमूह ३.३३ अङ्कले बढेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x