नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २३ गते मङ्गलवारका दिन कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा मङ्गलवार कालिका पावर कम्पनी लिमिटेडको कुल १० लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कालिका पावर कम्पनी लिमिटेडले १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा मङ्गलवार सूचीकृत भएको हो ।
नेप्सेमा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
