नेपाल बैङ्क लिमिटेडले काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर–०२ स्थित माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.सँग बैङ्कका कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैङ्कमा खाता रहेका ग्राहकलाई रिसोर्ट सेवामा विशेष छुट दिने सम्झौता गरेको छ।
सम्झौता अनुसार, बैङ्कका कर्मचारी, परिवार र ग्राहकले रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौता पत्रमा बैङ्क तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. तर्फबाट प्रबन्ध निर्देशक प्रदीप शर्मा पौडेलले हस्ताक्षर गर्नुभएको छ।
नेपाल बैङ्क र माउन्टेन भिस्टा रिट्रिट बिच छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
