प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच सम्झौता

प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच व्यापार र प्रतिस्पर्धात्मकता अन्त्रगतको सहयोग सम्बन्धी सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना का तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रूपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरूको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरूको सञ्चालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरूको प्रयोग गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x