सिटिजन्स बैङ्कको १९८औँ शाखा पानी पोखरीमा सञ्चालन

सिटिजन्स बैङ्कले शाखा विस्तार गर्ने क्रममा १९८औँ शाखा काठमाडौँको पानी पोखरीमा सञ्चालनमा ल्याएको छ । पानी पोखरीमा मङ्गलवार आयोजित एक कार्यक्रमका बिच बैङ्कका सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गर्नुभएको  हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गर्नुभयो । उहाँले नयाँ शाखाका कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित र मर्यादित ढङ्गबाट काम गर्दै संस्थालाई अझ नयाँ उचाइमा लैजानका लागि प्रेरित गर्नुभयो।

बैङ्कका अनुसार सो अवसरमा बैङ्क सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने बैङ्कले लक्ष्य राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङजस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो वर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । सो बैङ्कको ३९ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x