कृषि विकास बैङ्कको नयाँ VersionADBL Smart+ को मोबाइल बैङ्किङ सुरुवात



कृषि विकास बैङ्कले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ । Digitally ADBL भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरी रहेको छ । मिति २०८०/०५/२२ गतेबाट सो बैङ्कको मोबाइल बैङ्किङ सिस्टम Upgrade गरेको छ । सो बैङ्कका करिब पाँच लाख मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक Interface सहित मोबाइल बैङ्किङको नयाँ Version ADBL Smart+ जारी गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो ।  बैङ्कको नयाँ version ADBL Smart+ मोबाइल बैङ्किङमा निम्न बमोजिमका सुविधाहरू रहने बैङ्कले जनाएको छ ।
 

मोबाइल बैङ्किङको युजर पासवर्ड प्रयोग गरी Web बाट Login गर्न सक्ने र यसरी Login गर्दा इन्टरनेट बैङ्किङ सेवा सरहको भुक्तानी सीमा कायम हुने र साथै बैङ्कले उपलब्ध गराएका डेबिट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरूको ब्याजदर, कारोबार रकम तथा Maturity date हेर्न सक्ने बैङ्कले जनाएको छ ।

विभिन्न वालेटहरूमा ब्यालेन्स लोड गरी कारोबार गर्न सक्ने र मोबाइलको Layout मा पर्याप्त ध्यान दिई सेवाग्राहीका लागि सजिलो UserInterface तयार गरेको बैङ्कले बताएको छ ।

 

ग्राहक सेवामा देखिएका समस्याहरू तथा जानकारीहरू सम्प्रेषण गर्न सक्ने गरी Customer Feedback सम्बन्धी व्यवस्था गरेको छ भने कारोबारको DisputeLodge गर्न सकिने छ।


बैङ्कले उपलब्ध गराएको डेबिट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैङ्किङबाट कार्ड Block का लागि अनुरोध गर्न सक्ने र त्यसको साथसाथै 

डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध पनि गर्न सकिने बैङ्कले जनाएको छ । 


चेक बुक तथा बैङ्क विवरण अनुरोध गर्न, बचत खातामा भएको रकमबाट मुद्दती खाता खोल्न र रजिस्ट्रेसन गर्दाका बखतनै विभिन्न Question हरू Set गरी मोबाइल बैङ्किङ कारोबारलाई थप सुरक्षित गर्न सक्ने बैङ्कले बताएको छ ।

Two Way Authentication गरी कारोबारको सुरक्षा गर्न सक्ने, खातावालाको प्रोफाइल, खाताको विवरण, कारोबारको विवरण लगायत अन्य QuickPayments सम्बन्धी  Features  हरू थप भएको र बैङ्कका विभिन्न सेवाहरूको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको बैङ्कले जानकारी दिएको छ।

विभिन्न Merchant हरुको विल भुक्तानी गर्न सक्ने, OnlineAccount , ब्याजदर, ब्रान्च नेटवर्क लगायत बैङ्कका विभिन्न सेवाहरूको जानकारी लिन सक्ने र साथै रजिस्टर्ड मोबाइलबाट ग्राहकले मोबाइल बैङ्किङ सेवा बन्द गर्न चाहेमा Block लेखि ३२४२५ मा SMS पठाएर सेवा रोक्का गर्न सक्ने बैङ्कले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x