ज्योति विकास बैङ्क "Excellence in Digital Transactions" अवार्डबाट सम्मानित

ज्योति विकास बैङ्कले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा "Excellence in Digital Transactions" अवार्डबाट सम्मानित भएको छ।

NCHL को १६औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बिच नेपाल राष्ट्र बैङ्कका गभर्नर श्री महाप्रसाद अधिकारीले ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री कपिल ढकाललाई विकास बैङ्कहरू मध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गर्नुभएको हो।

ज्योति विकास बैङ्कले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ Digital Banking निर्माणलाई निरन्तरता दिँदै आएको छ।

बैङ्कले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। बैङ्कले विकास बैङ्कहरूमा पहिलो पटक Voice Audio Box QR सेवा सुचारु गरी QR मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसै गरी, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवर्द्धन गर्दै क्रस-बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ। मोबाइल बैंकिङ्ग एप मार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, Jyoti Smart App मार्फत ATM बाट पैसा झिक्न सकिने Cardless Cash Withdrawal सेवा, चेक बिना नै काउन्टरमा भएको QR कोड स्क्यान गरी रकम झिक्न सकिने Scan & Withdraw सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न Video KYC सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैङ्कले उपलब्ध गराएको छ। यसका साथै, देशभरिका व्यवसायीलाई नि:शुल्क QR Code सेवा प्रदान गर्दै बैङ्कले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङ्गको विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको छ। अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिँदै बैङ्कसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैङ्क प्रतिबद्ध छ।

डिजिटल बैंकिङ्गको प्रयोग बढेसँगै बैङ्कले सोही प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटिपि कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैङ्कले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x