हिमालय डिस्टिलरीको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

हिमालय डिस्टिलरी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ९ गते, शुक्रबार बिहान ११:३० बजे बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ७० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ६० प्रतिशतले हुन आउने १० कित्ता कायम शेयर बराबर ६ कित्ताका दरले  बोनस शेयर र १० प्रतिशत बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ७० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी २२ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने हिमालय डिस्टिलरी लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा हिमालय डिस्टिलरी लिमिटेडले चुक्ता पुँजीको ७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र २५ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

त्यस्तै हिमालय डिस्टिलरी लिमिटेडले यही पौष २७ गते २२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालय, वीरगन्ज, पर्सामा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

साथै कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष २० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x