नेपाल राष्ट्र बैङ्कले सेयर बजारसँग जोडिएको एउटा महत्त्वपूर्ण निर्णय लिँदै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा सीमित गर्ने व्यवस्था लागू गरेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैङ्कले जोखिम भारको दरलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेको हो ।
पूर्ववत् रूपमा १२५ प्रतिशत जोखिम भारका कारण कर्जा प्रवाहमा अप्ठ्यारो महसुस गर्दै आएका बैङ्कहरू अब सेयर धितो कर्जा दिन उत्साहित हुने देखिन्छन्। जोखिम भार घटेपछि कर्जाको मूल्याङ्कनमा सहजता आउनेछ, जसले प्रत्यक्ष रूपमा सेयर बजारमा तरलता वृद्धि गर्न सक्छ। 
गभर्नर विश्वनाथ पौडेलको नेतृत्वमा आएको नयाँ समीक्षालाई सेयर बजारमैत्री कदमको रूपमा हेरिएको छ। राष्ट्र बैङ्कले लगानीकर्ताहरूको आवाजलाई प्राथमिकतामा राख्दै लचिलो नीति अपनाएको सङ्केत यस निर्णयबाट देखिन्छ।
यो निर्णयपछि सेयर बजारमा सकारात्मक सन्देश पुगेको छ, जसले कर्जा प्रवाह, लगानी तथा बजार विश्वासमा सुधार ल्याउने अनुमान गरिएको छ। सेयर धितो कर्जामार्फत ठुला लगानीकर्ताहरूलाई पनि थप प्रोत्साहन हुने र बैङ्कहरूले कर्जा प्रवाह बढाउन सहजता महसुस गर्ने वातावरण निर्माण हुने देखिन्छ ।
यस निर्णयलाई सेयर बजारका जानकारहरूले धेरै समयपछि आएको सकारात्मक पक्षका रूपमा मूल्याङ्कन गरेका छन्। कर्जा जोखिम भारको परिमार्जनले अबको दिनमा बजार स्थायित्व र विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।
धिताेपत्र बजारमा उत्साह थपिने सङ्केत, राष्ट्र बैङ्कद्वारा जोखिमभार घटाउने निर्णय
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    