आजसम्म कायम शेयरधनिले नेशनल लाईफ इन्स्याेरेन्सको साधारण सभामा भाग लिन पाउने

नेशनल लाईफ इन्स्याेरेन्स लिमिटेडले यही मङ्सिर १८ गते ३४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि मङ्सिर ०८ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा  मङ्सिर ०७ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले वार्षिक साधारण सभा नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७७/०७८ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ,  त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७७/०७८ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर बापतको कर प्रयोजनको लागि रु. ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पनि सोही सभाले स्विकृत गर्ने छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल अद्यावधिक रूपमा कायम चुक्ता पुँजी रु. ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँमा १५ प्रतिशतका दरले बोनस शेयरको रूपमा लाभांश ६० करोड ५२ लाख ७३ हजार ७२३ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने र बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीकाे नाममा पछि समायोजन गर्ने गरी यथावत् राख्ने कुरा साे कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x