लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आज १७ औँ वार्षिक साधारण सभा गर्दै

 

ज्ञानमाण्डू। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २९ गते (आज) १७ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले कम्पनीको अधिकृत पूंजी हाल रू. १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब पुयाउने छ भने ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

 

सभाले आर्थिक वर्ष (आ.व.) आ.ब. २०७८/२०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्ने छ। प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ।

 

यस कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक-आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकतानुसार सम्पत्ती र दायित्वको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्ति तथा प्राप्ती गर्न वा एकापसमा गाभ्ने गाभिनेसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रकृयाहरु पूरा गरी अख्तियारप्राप्त निकायहरुबाट अन्तीम स्वीकृति लिने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एवं समितिले यस सम्बन्धमा सुरु गरेको प्रारम्भिक कामहरुको अनुमोदन गर्नेछ ।

 

त्यसै गरी संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालकहरुको निर्वाचन पनि सोही सभाले गर्ने छ।

 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १५ गते एक दिनकाे लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x