प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आ. व.२०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने भएको लाभांश संशोधन गरेको छ ।
कम्पनीको मिति २०८० जेठ ०३ गते सम्पन्न सञ्चालक समितिको १४१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को हाल अद्यावधिक रूपमा कायम चुक्ता पुँजीको कुल १०.३१५८ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने गरी संशोधन गरेको छ । यसअघि कम्पनीले १०.५२ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतका दरले हुन आउने रकम बराबरको नगद लाभांश दिने निर्णय गरेको थियो ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ को हाल अद्यावधिक रूपमा कायम चुक्ता पुँजी रु. २ अर्ब रुपैयाँको ९.८ प्रतिशतले हुन आउने १९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.५१५८ प्रतिशतले हुन आउने १ करोड ०३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, कति दिँदै छ बोनस र नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
