लुम्बिनी जनरल इन्स्योरेन्सले आज १८ औँ वार्षिक साधारण सभा गर्दै



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही फाल्गुन ११ गते (आज) १८ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा अमृतभाेग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ६.९९ प्रतिशतका दरले हुन आउने रकम रु. ९ करोड १७ लाख ६४ हजार ४५० रुपैयाँ बराबरको बोनस शेयर र ०.३६७९ प्रतिशतका दरले हुन आउने रकम रु. ४८ लाख २९ हजार ७०८ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

सभाले यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हुने गरी स्वाप रेसियो १००:८० लाई स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ २७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x