प्रभु बैङ्क र वन्डर्स नेपाल बिच सम्झौता

प्रभु बैङ्क लिमिटेड र वन्डर्स नेपाल प्रा.लि. बिच महत्त्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरू सृजना हुने विश्वास लिएको बैङ्कले जनाएको छ ।

प्रभु बैङ्कको तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रभु बैङ्कका वरिष्ठ बजार व्यवस्थापक शेखर राज बस्ताकोटी र निर्देशक पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो । उक्त सम्झौता अनुरूप बैङ्कले वन्डर्स नेपाल प्रा.लि.को परिसरमा ए.टि.एम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । सम्पूर्ण सर्वसाधारण तथा ग्राहकहरुले वन्डर्स नेपाल प्रा.लि. अन्तर्गत काठमाडौँको कमलादी स्थित स्काई वाक भ्यु टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै सो बैङ्कबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । सो सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनुहुनेछ भन्ने विश्वास लिएको बैङ्कले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x