एभरेष्ट बैङ्कको नाफा र ईपीएस दुवै बढ्यो, कस्ता छन् अन्य सूचकहरू?

एभरेष्ट बैङ्कको नाफा ४८.९५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ५७ करोड ८८ रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा बैङ्कले ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैङ्कले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ९९ करोड रुपैयाँ र सञ्चित मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७२.६८ प्रतिशतले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
 
बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.३३ प्रतिशत र प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा र पछिल्लो कारोबार मूल्य रु ५०४.९ को आधारमा मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x