विगत डेढ दशक देखि मुक्तिनाथ विकास बैंक लि.ले लघुवित्त कार्यक्रम मार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिहरूलाई प्राथमिकतामा राखी घरघरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ । यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिँद्ने, प्याकिङ गर्ने, कफीजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जीविकोपार्जनमा कठिन भएका व्यक्तिहरूलाई कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको काठमाडौँ पुतलीसडकमा अवस्थित कफी सोलुसन प्रा.लि.र मुक्तिनाथ विकास बैंक लि. बिच एक कार्यक्रम माझ कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई व्यवसायी कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
कफी सोलुसन प्रा.लि.ले कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूलाई छनौट गरी आवश्यक तालिमहरू दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउने छ भने कफी मेसिनको लागतको ५० प्रतिशत सम्मको लागत बराबरको रकम व्यवसायीलाई विना धितो ऋण स्वरूप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रूपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको कम्पनीले जनाएकाे छ ।
यो कार्यबाट साना वर्गका ब्यवसायीहरुको दैनिक जीविकोपार्जन हुनुको साथै स्वः रोजगार सृजनामा सहयोग पुग्ने र भविष्यमा ठुला व्यवसायीको रूपमा रूपान्तरित भई उद्यमशीलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा यसै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले लिनुभएको छ । यस्तै कफी सोलुसन प्रा.लि.का निर्देशक हरि रायमाझीले मुक्तिनाथ विकास बैंक लि. ले न्यून आय भएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको प्रति खुसी व्यक्त गर्नुभएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपाल भरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिटेन्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले बताएकाे छ ।
साना साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
