सिटिजन्स बैंक इन्टरनेशनलकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यही कार्तिक ४ गते १६औं वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि असोज २८ गते एक दिनकाे लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असोज २७ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 
कम्पनीले साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
 
सञ्चालक समितिले सिफारिस गरे बमाेजिम कम्पनीकाे हाल कायम चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजारको ९ प्रतिशतले हुन आउने रकम रू. १अर्ब २७ कराेड ८० लाख ८७ हजार ६६० बराबरकाे नगद लाभांश वितरणको प्रस्ताव गरेकाे छ।
 
सभाले आर्थिक वर्ष (आ.व) २०७८/०७९ काे संचालक समितिकाे वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ र त्यसै गरि लेखा परिक्षण समितिकाे सिफारिस बमाेजिम आ.व २०७९/०८० काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजकाे पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x