युनियन हाईड्रोपावरले ३४ लाख ६३ हजार कित्ता शेयरकाे आइपीओ जारी गर्याे


ज्ञानमाण्डू। युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले चैत १३ गते  बुधबारदेखि आईपिओ निष्काशन गरेको छ । 

यस आईपिओमा आयोजनाबाट प्रभावित क्षेत्रका लागि निष्काशनमा बिक्री नभएको ६,२१,७९० कित्ता समेत थप गरी जम्मा रकम रु.३५,३४,३४,००० बराबरको प्रति शेयर रु.१०० अंकित दरको ३५,३४,३४० कित्ता निष्काशन गरेको छ जसमध्ये ७०,६८६ कित्ता कर्मचारीहरुलाई र १,७६,७१७ कित्ता शेयर सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ र बाँकी ३२,८६,९३७ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ । इच्छुक लगानीकर्ताले आवेदनको लागी मेरो शेयर सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन भर्न सकिनेछ । आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसकीने छ । 

इक्रा नेपालले कम्पनीको आईपिओलाई कमजोर आधारहरु जनाउने इक्रा एनपी आईपिओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई दिइएको छ ।

युनियन हाइड्रोपावरले ३.३  मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा गरीसकेको छ र २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माण गर्न अनुमति पनी पा्रप्त गरेको छ ।



यसले १० वर्षमा लगानी फिर्ता गर्ने जनाएको छ । यसको प्रतिशेयर आम्दानी गत असोज मसान्तसम्म शून्य दशमलव ६४ प्रतिशत नाकारात्मक रहेको छ ।



यसले तीन वर्ष्भित्रमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा पुर्याउने उल्लेख छ । यसको संचित नोक्सान हाल ७ करोड ९८ लाख रहेको र आगामी तीन वर्षमा पनि नाफा नहुने उल्लेख छ ।ओ बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ । युनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x