ज्ञानमाण्डू। श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरूपमा अशक्त बा गम्भिर विरामी भएका कामदारका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि आफ्नो जिल्लाको सम्बन्धित शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसुचि (१) बमोजिमको ढाँचामा २०७५ साल पौष मसान्तभित्र निवेदन दिन  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड सचिवालयले सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि सूचना प्रकाशित गरेको छ । 
प्रकाशित सूचना अनुसार माथि उल्लेख भए बमोजिम मृत्यु भएका वा पूर्णरुपमा अशक्त भएका कामदारका छोरा छोरीले आफुू अध्ययनरत सम्बन्धित शैक्षिक संस्थामा अनुसुचि (१) बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ  भने  छात्रवृत्तिका लागि निवेदन दिने आधारहरुमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग बा बिरामी भइ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट शतप्रतिशत (१००%) आर्थिक सहायता लिएका कामदारका छोरा छोरी हुनु पर्ने ,  सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरह देखि  कक्षा १२ सम्म) का १८ वर्ष मुनिका बालबालिकाहरुले मात्र निबेदन दिन सक्ने, मिति २०७५ पौष मसान्तसम्म उपरोतm अनुसारकोआर्थिक सहायता प्राप्त गर्ने कामदारका बालबालिकालाई छात्रवृति उपलब्ध गराइने गरी तोकिएको छ । छात्रवृत्तिको सीमा  र्बािर्षक रूपमा आधारभूत तहका लागिरु ८,०००। (आठ हजार) र माध्यामिक तहका लागि रु १२,०००। ( बाह्र हजार) प्रदान गरिने तथा  एक विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्र वार्षिक रुपमा एकमुष्ट वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराइने कुरा समेत सो सूचनामा जनाइएको छ  । 
सूचनामा  निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु,  सो सम्बन्धमा  विद्यालयको तथा शिक्षा विकास तथा समन्वय इकाइको जिम्मेवारीको वारेमा समेत विस्तृतरुपमा उल्लेख गरिएको छ ।
 
         
             
     
    
 
     
     
    
 
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            