नारायणी डेभलपमेन्ट बैंककाे हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहितकाे विशेष साधारण सभा आज


ज्ञानमाण्डू। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असार ८ गते (आज) विशेष साधारण सभा गर्दै छ । कम्पनीले विशेष साधारण सभा होटल पौवा (होटल स्टार चितवन) रत्ननगर-१, टॉडी, चितवनमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

बैंकको हाल कायम चुक्तापुँजी रु २६ करोड २४ लाख ६७ हजार ६ सयमा थप १:१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रु ५२ करोड ४९ लाख ३५ हजार २ सय कायम गरी चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ । अन्य प्रस्तावमा संस्थाले प्रबन्धपत्र तथा नियमावली पनि संशोधन गर्ने कम्पनीले जनाएकाे छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ ३० गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x