आज सम्म कायम शेयरधनीले रिलायन्स लाइफ इन्स्योरेन्सकाे विशेष साधारण सभामा भाग लिन पाउने

 

ज्ञानमाण्डू। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यही असार २० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १० गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असार ९ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 

कम्पनीले विशेष साधारण सभा अनमोल बैङक्वेट, शंखमुल,काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले यस कम्पनीकाे पुँजी वृद्धि गर्ने विषयलाई दर्साउने छ। त्यसै गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयाेजनका लागि उपयुक्त जीवन बीमा कम्पनीकाे पहिचान र छनाैट पनि साेही सभाले पारित गर्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x