नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कात्तिक २ गते शुक्रबारका दिन नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x