विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २० दशमलव ३ प्रतिशत र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढ्याे


ज्ञानमाण्डू। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) गत आर्थिक वर्ष २०७९/८० को श्रावणसम्मको अवधिमा २० दशमलव ३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड रुपैयाँ पुगेकाे छ। आर्थिक वर्ष २०७८/७९ मा भने विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७९/८० को श्रावण अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को श्रावण सम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले घटेकाे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ४४,५४० पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमान ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो सङ्ख्या २८६.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेकाे थियो।

स्रोत: नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x