एकै दिनमै अत्यधिक आरोहण, २ सय जना सगरमाथाको चुचुरोमा पुगी फर्किए

ज्ञानमाण्डू।वसन्तकालीन सिजनका लागि बाटो खुला भएको साता नसकिँदै सगरमाथामा बुधवार नेपाली र विदेशी गरी २ सय जना हाराहारी पर्वतारोहीले सफल आरोहण गरेका छन् । एकै दिनमा अत्यधिक आरोहण भएको बुधवार, मौसम अनुकूल भएका कारण आरोहीहरूको भीड लागेको हो । सगरमाथाको चुचुरोबाट चौथो शिविरमा ओर्लिने क्रम साँझसम्म चल्हिरहेको थियो । चौथो शिविरदेखि चुचुरोमा पुग्न १२ घण्टा हाराहारी समय लाग्ने गरेको आरोहीहरू बताउछन् ।

एकै दिन २ सय बढीले सगरमाथाको सफल आरोहण गरेको सायद नै कसैले सुनेको थियो होला तर नेपालमा स्थित विश्वकै सर्वाधिक अग्लो शिखर आरोहण गर्ने यो घुइँचो इतिहासको दोस्रो हो । पर्यटन विभागका अनुसार यसअघि २०७३ जेठ ३ मा एकै दिनमा २ सय ५ आरोही चुचुरोमा पुगेका थिए भने त्यसअघि सन् २०६५ मा १ सय ३५ आरोहीले एकै दिन चुचुरोमा पाइला राखेका थिए । त्यस यता यति धेरै सङ्ख्यामा एकै पटक आरोहण भएको थिएन । यसै गरी आज, बिहीबारका लागि सयभन्दा बढी आरोहीले चुचुरोमा जाने लक्क्ष लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x