कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको एक करोड २५ लाख सहयोग

ज्ञानमाण्डू। हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । 
 
बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई मनन गर्दै उक्त सहयोग गरेको जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x