ज्ञानमाण्डू।त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको छ। यो सबै संकायका विद्यार्थीका लागि मौका भएको त्रिविले जनाएको छ । थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०७६ साल जेठ ५ गते बसेको बैठकको निर्णय नं । ३३४ अनुसार त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ साल र त्यसपछि भर्ना भई परीक्षाको समय सीमा नाघेका तर सम्पूर्ण सैद्धान्तिक विषयहरू उत्तीर्ण गरी शोध पत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका सम्पूर्ण सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका निम्नानुसार परीक्षा कार्यक्रम सञ्चालन हुने सूचना सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।