भारतले दोस्रो पटक पठायो चन्द्रमामा रकेट

ज्ञानमाण्डू। छिमेकी मुलुक भारतले सोमबार आज चन्द्र यान-२ को लन्च गरेको छ । नेपाली समय अनुसार आज दिउसो करिब २:५८ बजे (भारतको समय अनुसार २:४३ बजे) उक्त यान लन्च भएको हो ।  भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ISRO) ले शनिवार चंद्रयान-२ को लन्च गर्ने सम्पूर्ण तयारी पुरा गरेको थियो । अनुसन्धान सङ्गठनले सोमबार आन्ध्र प्रदेशको श्रीहिरकोटाबाट स्थानीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्र यान २ नामको रकेट प्रक्षेपण गरेको छ ।

गत साता नै गर्ने भनिएको उक्त प्रक्षेपण यानमा प्राविधिक खराबी आएकाले स्थगित गरिएको थियो । (ISRO)ले एक हप्ताभित्र सबै प्राविधिक समस्याअहरुको समाधान गर्दै आज प्रक्षेपण गर्न सफल भएको छ । (ISRO)को कन्ट्रोल रुमबाट २ सय ५० जना वैज्ञानिकले यो मिसनको निगरानी गरिरहेका छन्। चन्द्रमा पठाइएको रकेटको नाम चन्द्र यान २ र उपनाम बाहुबली दिइएको छ । भारतले यो रकेट चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने अनुमान गरिएको छ ।

चन्द्रमामा मानव पाइला परेको ५० औँ वार्षिकोत्सव मनाइँदै गर्दा भारतले आफ्नो दोस्रो चन्द्र मिसन अन्तर्गत चन्द्र यान–२ को प्रक्षेपण गरेको हो। भारतले पठाइएको रकेटको नाम चन्द्र यान २ हो भने यस अन्तरिक्ष विमान लाई बाहुबलीको उपनाम दिइएको छ । भारतले यो रकेट चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने अनुमान गरिएको छ ।

चन्द्र यान-२ लाई भारतको हालसम्मकै शक्तिशाली जीएसएलवी मार्क-III रकेटमार्फत लन्च गरिने छ । यसमा अर्बिटर, ल्याण्डर (विक्रम) र रोवर (प्रज्ञान) छन् । चन्द्र यान-२ मार्फत भारतले पहिलो पटक चन्द्रमाको सतहमा ल्याण्डर उतार्नेछ । अवतरण चन्द्रमाको दक्षिणी ध्रुवमा हुनेछ । ल्याण्डर र रोवरले चन्द्रमाको एक दिन (पृथ्वीको १४ दिन बराबर) काम गर्नेछ । यसको साथै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्नेछ ।

भारतका लागि यो दोस्रो चन्द्र मिसन हो। भारतले यसअघि सन् २००८ मा चन्द्र यान–१ प्रक्षेपण गरेको थियो। उक्त मिसनले चन्द्रमामा पानीको खोज गर्ने लक्ष्य राखेको थियो। उसले चन्द्रमाको कक्षमा ३ सय १२ दिन बिताएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x