वेलको गोलमा रियलको बराबरी

ज्ञानमाण्डू।स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियलले भिल्ला रियलसँग बराबरी खेलेको छ ।रियलले भिल्ला रियलसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । घरेलु टोली भिल्लारियलले लिएको दुई पटकको अग्रतालाई जवाफी गोल फर्काउँदै रियलले बराबरी खेलेको हो । रियलका लागि दुवै गोल ग्यारेथ वेलले गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

खेलको १२ औ मिनेटमा जेरार्ड मोरिनोको गोलबाट भिल्ला रियलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा वेलले बराबरी गोल फर्काएका थिए । खेलको पहिलो हाफ १-१ गोलको बाराबारीमा सकिएको थियो ।
दोस्रो हाफको ७४ औँ मिनेटमा मोइ गोमेजले गोल गर्दै खेलमा पुनः भिल्लारियललाई अग्रता दिलाउन सफल रहे । तर निर्धारित समयभन्दा ४ मिनेट अघि बेलले पुन गोल गर्दै रियलको हार टार्न सफल रहे । दुई गोल गरेतापनी दुई मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै बेल मैदान बाहिरिन पुगे । अन्ततः दुवै टोलीको खेलमा पुन गोल नहुँदा, खेल बराबरीमा सक्कियो ।

यस बराबरीसँगै रियल ३ खेलमा ५ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा छ । भिल्ला रियल भने १६ औ स्थानमा उक्लिएको छ । शीर्षस्थानमा ३ खेलमा ९ अङ्क जोडेको एट्लेटिको म्याड्रिड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x