काग्लियारीलाई पराजित पार्दै इन्टर शीर्षस्थानमा

ज्ञानमाण्डू। इटालियन सिरी 'ए' फुटबल अन्तर्गत आइतबार भएको खेलमा इन्टर मिलानले काग्लियारीलाई पराजित गरेको छ । काग्लियारीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली इन्टरले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २७ औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । लाउटरोकै गोलबाट इन्टरले पहिलो हाफसम्म १-० गोलको अग्रता बनायो । 

दोस्रो हाफको ५० औँ मिनेटमा काग्लियारीका जोआ पेड्रोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउन सफल भए । त्यस पश्चात्, ७२ औँ मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई पुन: अग्रता दिलाए । थप समयमा गोल हुन नसक्दा इन्टरले लिगमा लगातार दोस्रो जित निकाल्न सफल भयो । 

जितसँगै इन्टरले २ खेलबाट ६ अङ्क जोडेको छ । इन्टर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने काग्लियारीको यो लगातार दोस्रो हार हो । इन्टरसँगै युभेन्टस र टोरिनोले पनि २-२ जित दर्ता गरेका छन् । गोलअन्तरको आधारमा इन्टर शीर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x