पुल निर्माणपछि जीवनयापन सहज

ज्ञानमाण्डू।भीमदत्त नगरपालिकाले दातृ निकायसँगको सहकार्यमा पुल निर्माण गरेपछि स्थानीय बासिन्दाले जोखिम मोलेर खोला तर्नुपर्ने दिनको अन्त्य भएको छ । नगरपालिकाको वडा नं १० श्रीलङ्का टोलको खोलामा पुल नहुँदा वर्षात्का बेला स्थानीय बासिन्दाले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको थियो । 

खोलाको पानी बस्तीमा छिर्ने भएकाले स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । पुल निर्माणसँगै तटबन्धको समेत व्यवस्था गरिएकाले पहिला जस्तो बस्तीमा पानी छिर्ने गरेको छैन । “वर्षात्का बेला पूर्वतर्फ खोलामा बाढीको पानी उर्लेर आउँथ्यो”, स्थानीय वासुदेवी सार्कीले भने, “पूर्वतर्फबाट महाकाली नदीको बाढी आउने भएकाले ज्यान जोगाउन निकै मुस्किल थियो ।” 

पुल बन्नुअघि खोलामा बाढीको पानी आउनु अगावै आवश्यक सामग्रीको जोहो मिलाउनु गर्ने गरिएको थियो । “हाल खोलामा बाढी आए पनि पुल बनेकाले सहजरुपमा ओहोरदोहोर गर्न पाइएको छ”, स्थानीय बिना सार्कीले भनिन्, “अब खोलामा बाढी आए पनि चिन्ता छैन, पुल बनेकाले सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ ।” श्रीलङ्का टोलमा ५६ परिवारको बसोबास रहेको छ । जसमध्ये अधिकांश दलित समुदायका रहेका छन् । महाकाली नदीले धार परिवर्तन गरी अन्यत्र बगेपछि छाडेको जग्गामा श्रीलङ्का टोलको बस्ती बसेको छ । 

टोलको मुहार फेर्नका लागि यसलाई नमुना बस्तीका रूपमा विकास गर्न लागिएको वडा अध्यक्ष परमानन्द जोशीले बताए । “बस्ती जानका लागि सडक थिएन, हाल सडक निर्माण गरी ग्राभेल हालेका छौँ, खोलामा पुल थिएन, रु २६ लाख खर्चेर पुल बनाएका छौँ, टोलमै खानेपानीको ठुलो आयोजना निर्माण भइरहेको छ ,”-वडाध्यक्ष जोशीको भनाइ रह्यो टोलको मुहार फेर्नका लागि निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत झोपडीका ठाउँमा टोलका बासिन्दाका लागि पक्की घर निर्माण हुने भएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x