ज्ञानमाण्डू।सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो खेलमा पराजय बेहोरेको नेपालले मङ्गलवार पुन जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।इन्डियन एसोसिएसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ ५:१५ मा सुरु हुनेछ ।
हरेक टिमले एक अर्का विरुद्ध दुई खेल खेल्ने भएकाले नेपालले जिम्बावेविरुद्ध आज दोस्रो खेल खेल्न लागेको हो।
प्रतियोगिताको पहिलो खेलमा शुक्रवार नेपालले जिम्बाबेसँग ५ विकेटको हार बेहोरेको थियो। आज जिम्बावेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो बनाउनेछ । त्यतै, अर्कातर्फ आयोजक राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई ४ रनले पराजित गरेको थियो ।सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अङ्क जोडेको छ ।सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अङ्क जोडेको छ ।
यता २ अङ्क सहित आयोजक राष्ट्र सिंगापुर पनि मौकाको खोजिमा रहेको छ। ३ वटै टोलीको समान अङ्क रहँदा, प्रतियोगिता रोचक र अत्यन्तै प्रतिस्पर्धी ढङ्ग को बनेको छ। सिरिजको उपाधि जित्ने सम्भावना तिन वटै टोलीको बराबरी रहेको छ। सबै टिमको दुई–दुई अङ्क भए पनि नेपाल नेट रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ।
सिंगापुरसँग पराजित भएपछि दबाबमा रहेको जिम्बावे नेपाल विरुद्ध जीत सुनिश्चित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ भने यता नेपाल जिम्बावेलाई हराउँदै सिरिजको उपाधि दाबेदारको रूपमा खडा रहन मैदान उत्रनेछ।